क्रिकेटर सम्भाव्य सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रेडिअन्ट रिडर्स एकेडेमीले क्रिकेटर सम्भाव्य ढकाललाई शनिबार सम्मान गरेको छ । रेडिअन्टको वार्षिक खेलकुद दिवसका अवसरमा १० वर्षीया क्रिकेटर सम्भाव्यलाई सम्मान गरिएको हो । सोही अवसरमा आधीखोला नामक चलचित्रमा अभिनय गरेकी औसु श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । दुवै रेडिअन्टमा अध्ययनरत हुनुहुन्छ ।

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर र केन्द्रीय प्याब्सनका अध्यक्षसमेत रहनुभएका रेडिअन्टका प्रिन्सिपल डिके ढुंगानाले सम्भाव्य र औसुलाई ट्रफी प्रदान गरी सम्मान गर्नुभयो ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको कार्यक्रममा विद्यार्थीहरूले कराँतेको प्रस्तुति प्रदर्शन गर्नुका साथै आकर्षक नृत्य प्रदर्शन गर्नुभयो । कार्यक्रममा नेपाल राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?