आर्सनललाई ५ अंकको अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले महत्वपूर्ण जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ ।

दोस्रो हाफमा घरेलु टोली लेस्टर सिटीमाथि १–० को महत्वपूर्ण जित निकाल्दै आर्सनलले शिर्षता कायमै राखेको हो । ब्राजिली युवा विंगर गाब्रिएल मार्टिनेलीले गोल गरेर योगदान गरेका थिए ।

दोस्रो हाफको शुरु ४६औं मिनेटमा लियान्द्रो ट्रोससार्डको पासमा मार्टिनेलीले गोल गरेका हुन ।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको २४ खेलबाट ५७ अंक सहित शिर्ष स्थानमा छ भने पराजित लेस्टर २४ अंक जोडेर १४औं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?