मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दीमा मंगलवार साँझ मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिका १ रत्नेचौरको घैयारामा साँझ ७ बजे बागलुङबाट आउँदै गरेको सुशिल खत्रीको बा ८ प ४०७२ नम्बरको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो ।

सडकमा गुडिरहेको मोटरसाइकलमा सडक पार गर्दै गरेको चितुवा एक्कासी ठोक्किए पछि घटनास्थलमा नै मृत्यु भएको डिभिजन बन कार्यालय म्याग्दीका राजेन्द्र सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार मोटरसाइकलको अघिल्लो भागमा चितुवाको टाउको ठोकिएको थियो ।

करिब ४० केजीको चितुवाको उमेर दुई वर्ष अनुमान गरिएको डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । प्रमुख रानाभाटका अनुसार मृत चितुवाको आज मुचुल्का तयार गरी व्यवस्थापन गरिँदै छ । उक्त घटनामा मोटरसाइकल चालक भने सुरक्षित नै रहेका प्रहरीले जनाएको छ ।

म्याग्दीमा जंगल आसपासका क्षेत्रमा वस्ती विस्तार हुँदा चितुवाको वासस्थान सुरक्षित नहुनु, चितुवाको आहार प्रजातिमा उल्लेखनीय कमी आउनु, चितुवाको प्राकृतिक आनिवानीमा परिवर्तन जस्ता कारणहरूले चितुवा आक्रामक बन्दै गएका रानाभाटले बताउनुभयो ।

सडकमा गुडिरहेको सवारी साधनमा चितुवा ठोकिएर मृत्युभएको यो पहिलो घटना भएको बताउँदै प्रमुख रानाभाटले बनजंगलमा लागेको डढेलोका कारणसमेत अहिले वासस्थान खलबलिएको अवस्थामा मानव र चितुवाको जम्काभेट हुनसक्ने बताउनुभयो ।

म्याग्दीमा चितुवाको संख्या बढेकाले आहाराको खोजीमा चितुवा मानव वस्ती र सडक छेउछाउमा देखिन थालेको पाइएको स्थानीयले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?