
पाल्पा । आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशैभरका मगर समूह, संघ संस्थाले भोलि ४२ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झन अर्थात् नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाईदै आएको छ । मगर बाहुल्यता रहेको पाल्पाका विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शन लगायत विभिन्न कार्यक्रमहरु हुँदैछन् । नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दै छन् । मगर समुदायको बाहुल्यता रहेका पाल्पाका १० स्थानीय तहहरुमा दिवसका अवसरमा सार्वजनिक विदा दिइएको छ । तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला, माथागढी, तिनाउ, बगनासकाली, रैनादेवी छहरा, रम्भा र रिब्दीकोट गाउँपालिकाले सार्वजनिक विदा दिएका हुन् ।
२०६८ को जनगणना अनुसार पाल्पामा ५२ प्रतिशत भन्दा धेरै मगरहरुको बसोबास रहेको छ । जसमा रामपुर नगरपालिकामा ३६, निस्दी गाउँपालिकामा ८७, पूर्वखोला गाउँपालिकामा ८४, माथागढी गाउँपालिकामा ७५, तिनाउ गाउँपालिकामा ६०, रम्भामा ७०, बगनासकालीमा ५१ र रैनादेवी छहरामा ५८ प्रतिशत मगरहरुको बासोबास रहेको छ । २०३९ साल फागनु १५ गते नेपाल लाङ्घली परिवार संघको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन शुरु गरेका हुन् । मगर स्थापना दिवसको अवसरमा सबै जिल्लाको जिल्ला मगर संघ, नगर र गाउँपालिकास्तरीय मगर संघसंगै विदेशमा रहेका मगरसँग आवद्ध संघ संस्थाहरुले समेत मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै छन् ।
पछिल्लो विभिन्न कारणले लोपउन्मूख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा साँस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने मगर समुदायले विश्वास लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच