सत्ता केन्द्रित फोहरी खेलले दल र नेताहरुप्रति घृणा उत्पन्न गरायाे : कमल थापा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहरी खेलका कारण मुलुक अस्थिरता तर्फ गएको बताउनु भएको छ ।

‘चुनाव अघि एउटा गठबन्धन , चुनाव पछि अर्को गठबन्धन , दुई महिनाको बिचमै फेरि अर्को गठबन्धन ,यस्तो राजनीतिले मुलुकलाई कता लैजान्छ?’ भनी प्रश्न गर्दै  जनतामा बितृष्णा मात्र नभई दल र नेताहरु प्रति घृणा उत्पन्न भएको समेत थापाले बताउनु भयो ।

काठमाडौंमा आज पार्टी सम्बद्ध भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रुपमा देखिएका राजनीतिक दलहरु शक्ति र पैसा केन्द्रित हुँदा जनता बिरक्तिएको थापाको टिप्पणी थियो ।

राप्रपा नेपाल प्रति सकारात्मक धारणाको विकास भैरहेकोमा सन्तोष ब्यक्त गर्दै थापाले जनता र संगठन केन्द्रित हुन भातृ संगठनका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला र केशवराज श्रेष्ठले जनबर्गिय संगठनको कृयाशिलता र भाबी कार्यक्रम बारे बोल्नुभएको थियो । भातृ संगठनका अध्यक्षहरुले आफ्नो संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?