पल शाहलाई उच्च अदालतबाट सफाइ, भोलि रिहा हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ गर्दै सफाइ दिएको हो ।

उच्च अदातल पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने बताउनु भयो ।

अदालत परिसरमा सञ्चारकर्मीको भीड लागेको छ । शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

उनलाई तनहुँ जिल्ला अदालतले यसअघि सफाई दिइसकेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?