जेभियर र साइपाल फाइनलमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र साइपाल एकेडेमी छैटौँ हिसान खेलकुद सप्ताहअन्तर्गत गल्र्स बास्केटबलको फाइनलमा प्रवेश गरेका छन् । जेभियरले हृवाइटहाउसलाई ३१-१६ ले पराजित गर्‍यो ।

जेभियरको जितमा कृति चौधरी र पासी शेर्पाले समान ६-६ अंकको योगदान गर्नुभयो । अनिता सुनुवारको १२ अंकको सहयोगमा साइपालले रिलायन्सलाई २७-६ ले हरायो ।

ब्वाइज बास्केटबलमा सिसिआरसी र हिमालयन हृवाइटहाउसले उपाधि भिडन्त पक्का गरे । सिसिआरसीले नवोदितलाई ६१-४८ ले पाखा लगायो । सिसिआरसीका समिप क्षेत्री र प्रनिश तिमिल्सिनाले समान १६-१६ अंक जोड्नुभयो । हृवाइटहाउसले गोल्डेनगेटलाई ५२-२१ ले पन्छायो । विजेताका रोहन मगरले १३ अंक जोड्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?