काठमाडौं । निःवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आफूले मन्त्रालयको नीतिगत सुधारका कामलाई प्राथमिकता दिएर काम गरेको बताउनुभएको छ ।
सोमवार मन्त्री पदबाट राजीनामा दिएसँगै मन्त्रालयमा पत्रकारहरुसँग भेटघाट गर्दै निःवर्तमान मन्त्री चौधरीले आफूले जिम्मेवारी सम्हालेदेखि नै विभिन्न नीतिगत सुधारका काम अघि बढाएको बताउनुभएको हो ।
उहाँले राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०७९ को मस्यौदा तयार गरेको र त्यसबाट ज्येष्ठ नागरिकहरु धेरै नै लाभान्वित हुने बताउनु भयो । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बापत पाउनुपर्ने रकम बैंकहरुले सम्बन्धित व्यक्तिकै हातमा पु¥याउनुपर्ने व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै अपांगता भएको व्यक्ति सम्बन्धी नीति तयार भएको, राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार भएको, बालकालिका सम्बन्धी ऐन २०७५, बालबालिका सम्बन्धी नियमावली २०७८ लाई स्वीकृति गरिएको पनि उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०७९ को मस्यौदा तयार भएको थियो । त्यसलाई स्वीकृत गरेको । जसमा ११ प्रतिशत आफ्नो छोराछोरीले आमाबाबुको दायित्व पूरा गर्नुपर्दछ भन्ने कुराहरु त्यो नीतिमा राखेको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई जेष्ठ नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ता उनकै हातमा पु¥याउनुपर्ने भन्ने नीति मस्यौदामा रहेको छ । ज्येष्ठ नागरिक भत्ता पाउने व्यक्तिहरुको दन्त शिविर गरेर आवश्यकता अनुसार दाँत बनाइदिने कुराहरु छ । ज्येष्ठ नागरिकहरुलाई बसमा, सार्वजनिक ठाउँहरुमा जाँदा कुनै खालको कार्ड देखाएमा दुःख नदिने व्यवस्था नीतिमा उल्लेख गरेको छ । भोलीको दिनमा नीति पास गरेर सुविधा हुनेछ । अर्को अपांगता भएको व्यक्ति सम्बन्धी नीति तयार भएको । राष्ट्रिय बालबालिका नीति मस्यौदा तयार भएको छ । बालबालिका सम्बन्धी ऐन २०७५, बालबालिका सम्बन्धी नियमावली २०७८ लाई कार्ययोजना मिति २०७९ आजको दिनसम्म यसको स्वीकृति भएको भन्ने राखेको छ । अपांगता प्रमाणपत्र एकै खालको, एकै रङ, एकै साइज र एउटै विवरण भर्नुपर्ने भन्ने कार्डमा हुनुप¥यो सबैलाई रातो कार्ड नै दिनुपर्छ भन्ने नीतिमा राखेका छौँ ।’
उहाँले आफ्नो पार्टी नेकपा(एमाले)ले गरेको निर्णय अनुसार मन्त्री पदबाट राजीनामा दिएको बताउनु भयो । निवर्तमान मन्त्री चौधरीले सरकार अस्थिर बन्दा देश र जनताले दुःख पाउने अवस्था रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच