प्रचण्ड उग्रवामपंथी र अवसरवादको खोजिमा दौडिएका छन् : योगेश भट्टराई

हिमालय टाइम्स
Read Time = 4 mins

कालीकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का पार्टी सचिव योगेश भट्टराइले प्रचण्ड उग्र वामपंथी र अबसरवादको खोजीमा दौडिरहेको बताउनुभएको छ ।

नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत सोमबार कालीकोट आइपुग्नु भएका भट्टराइले यस्तो बताउनुभएको हो ।

प्रचण्ड बामपंथी नभएर उग्र वामपंथी र अवसरवादको खोजिमा दौडिने पात्र भएको भट्टराइले आरोप लगाउनुभयो ।

देशमा आर्थिक मन्दि भइरहेको बेला सरकार फेरवदल र पदमोहमा जानुले देशमा दुर्दशा लागेको उहाँले बताउनुभयो । नेकपा एमाले आफ्नो समर्थन फिर्ता गरेर सरकारबाट बाहिरएको छ । अब देशको मुख्य प्रतिपक्ष दल भएर जनतामाझ सरकारका गलत गतिविधिहरुको भण्डाफोर र एमाले सरकारले गरेका कामको जानकारी दिन ग्रास लेभलमै रहिरने भट्टराइले बताउनुभएको हो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेपालको राजनैतिकलाई अस्थिरतातिर लैजान खाजेको आरोप समेत लगाउनुभएको छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई धरासय पार्न प्रचण्डले समस्या पर्दा कम्युनिष्टसँग मिल्ने र सत्ता मोहमा दक्षिणपंथीको पाउ पर्नुले देश गम्भीर दुर्घटनामा परेको भट्टराइको उहाँको भनाई थियो ।

राष्ट्रपति बिद्यादेवि भण्डारीले महिलाको अधिकारका लागि लड्दा नेकपा माओवादी र नेपाली कांग्रेसले महिलाको अधिकार जे छ उसैमा ठिक छ भन्दै सदनमा बोलेको अहिले पनी कानमा गुन्जिएको स्मरण गराउनुभयो ।

राष्ट्रपति बिद्यादेवि भण्डाकारीको पहलले महिलालाई ३३ प्रतिशत अधिकार मिलेको पनि पार्टी सचिव भट्टराइले बताउनुभयो । भट्टराइले नेकपा एमाले नेपाली जनताको मनमुटुमा रहेको बताउदै प्रत्येक टोल टोलमा एमाले छाएको जानकारी गराउनुभयो ।

संसदमा एक्लै लड्न र सरकार बनाउन नसक्ने भएपछी मुसा मार्ने विरालो र रेबिज रोग लागेका स्यालहरुको समुह मिलेर बाघ सँग लड्न नसक्ने चेतावनी समेत दिनुभयो । एमाले भनेको पार्टीहरु भित्रको बाघ रहेको भट्टराइको तर्क थियो । जनताको सामु कुन मुख लिएर भोट माग्न आउलान भन्दै सरकार फेरबदल र पद मोहले जनता दिक्क भइसेको पनि उहाँले बताउनुभएको छ ।

दुर्गममा बाटो खन्नका लागि सडकमा बसेका नेपाली सेनालाई मार्नु क्रान्ति नभएको समेत उहाँले स्पष्ट पार्नुभयो । नेकपा माओवादी केन्द्रलाई इंगित गर्दै भट्टराइले माओवादीका हिंसात्मक गतिविधीले दुर्गम जिल्लाहरु झन दुर्गम बन्दै गएको बताउनुभयो । कर्णाली राजमार्गको पीली सडक– खण्डमा सडक निर्माण गर्ने नेपाली सेनालाई मार्नु कुनैपनी क्रान्ति नभएको उल्लेख गर्नुभयो ।

सशस्त्र द्धन्द्धमा कालीकोट मात्रै नभई रोल्पा, रुकुम, जाजरकोट जस्ता जिल्लाहरुमा पनी हिंसात्मक गतिविधीले बिकासमा बाधा उत्पन्न भएको भट्टराइको भनाई छ । कार्यक्रममा केन्द्रिय स्थायी कमिटी सदस्य यमलाल कँडेल, पोलिटब्युरो सदस्य गोरख बोगटी, नेकपा एमालेका केन्द्रिय सदस्य दल रावल लगाएत नेकपा एमालेका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?