सरकार समक्ष निर्वाचनको मिति प्रस्ताव गर्दै आयोग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निर्वाचन आयोगले आज सरकारसमक्ष प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति प्रस्ताव गर्ने भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्न लाग्नुभएको हो ।

आयोग पदाधिकारीहरूका अनुसार आज अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्ने तयारी छ ।

मंगलबार आयुक्तहरूबीच सम्भावित मितिबारे छलफल भएको थियो । त्यस क्रममा कात्तिक ३० सँगै मंसिर २ को मिति आएको आयोग स्रोत बताउँछ ।

आयोगले आगामी मंसिर २ वा ५ गते एकै चरणमा गर्ने गरी चुनावको मिति प्रस्ताव गर्न लागेको हो। आयोगसँगको परामर्शमा सरकारले चुनावको मिति घोषणा गर्ने कानुनी व्यवस्था छ।

आयोगले आयोगले मिति सिफारिस गरेपछि चुनावको तयारीका लागि कम्तिमा १ सय २० दिन समय राखेर सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ।

आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको बताइएको छ। यसअघि कात्तिक ३० गते चुनाव गनेगरि सिफारिस गर्ने भनिएपनि आयोगले मंसिर २ वा ५ मध्ये एक दिनलाई रोजेको हो।

त्यसपछि भने निर्वाचन गराउन विकट भौगोलिक जिल्ला तथा उच्च भेगमा कठिन हुने आयोगको तर्क छ। २०७४ मा भने दुई चरणमा चुनाव भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?