काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दै छ । नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बाट सुरु हुनेछ ।
नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । पहिलो खेलमा सिंगापुरलाई, दोस्रो खेलमा कुवेतलाई र तेस्रो खेलमा हङकङलाई पराजित गरेको नेपाल अपराजित छ । मलेसिया भने चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो ।
२०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएई पुगेको नेपाली टोली जित निरन्तरता गर्न चाहन्छ। प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
अन्तिम खेलमा नेपालले बुधबार घरेलु टोलीसॅंग खेल्नेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।







दियालो बङ्गलाबाट २४ लाख राजश्व
फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७