यू-१९ विश्वकपको एसिया छनोट : नेपालले आज मलेसियासँग खेल्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दै छ । नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बाट सुरु हुनेछ ।

नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । पहिलो खेलमा सिंगापुरलाई, दोस्रो खेलमा कुवेतलाई र तेस्रो खेलमा हङकङलाई पराजित गरेको नेपाल अपराजित छ । मलेसिया भने चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो ।

२०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएई पुगेको नेपाली टोली जित निरन्तरता गर्न चाहन्छ। प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

अन्तिम खेलमा नेपालले बुधबार घरेलु टोलीसॅंग खेल्नेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?