स्ववियु निर्वाचन : आज रातिदेखि मौनअवधि शुरु हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिबि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आज रातिदेखि मौन अवधि सुरु हुने भएको छ ।

स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारले १२ बजेदेखि चुनावको प्रचार-प्रसार गर्न पाउने छैनन् ।

उहाँले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिएको जानकारी दिनुभयो । आज रातिदेखि आचारसंहिता लाग्ने भएपछि आज सम्बन्धित क्याम्पसले उम्मेदवारको प्रचार-प्रसारका लागि एउटा कार्यक्रम गरी परिचयात्मक कार्यक्रम राखेका थिए ।

यही चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पाँच दिनको लागि मात्र प्रचार–प्रसारको समय छुट्याइएको थियो। निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?