आचारसंहितालाई मध्यनजर गर्दै रास्वपाको संयुक्त बैठक स्थगित

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन बैठक बोलाइएको थियो । तर आचारसंहितालाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो ।

आज १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । जसपाका रामसहायप्रसाद यादव, एमालेकी अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झा उपराष्ट्रपतिको प्रतिस्पर्धामा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?