युभेन्ट्स र रोमा युरोपा लिगको क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इटालियन क्लब युभेन्ट्स र रोमा युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । युभेन्ट्सले जर्मन क्लब फ्रेइवर्गलाई २-० ले तथा समग्रमा ३-० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको छ ।

पहिलो लेगमा युभेन्ट्स १-० ले विजयी भएको थियो । जर्मनीमा बिहीबार राति भएको खेलमा युभेन्ट्सको जितमा डुसान भ्लाहोभिच र फेडरिको चिइसाले गोल गरेका थिए ।

२७औं मिनेटमा भ्लाहोभिचको गोलले भिएअराबाट मान्यता पाएन । ४४औं मिनेटमा फ्रेइवगए १० खेलाडीमा समेटियो । म्यानुएल गुल्डे रातो कार्ड खाँद मैदानबाट बाहिरिए ।

४५औं मिनेटमा डुसानले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई १-० को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाएका थिए ।

अर्को खेलमा रियल सोसिडाडसँगको दोस्रो लेगमा रोमाले गोलरहित बराबरी खेल्दै समग्रमा २-० को जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । रोमाले पहिलो लेगमा २-० को जित निकालेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?