स्वास्थ्यका लागि लसुन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । तरकारीमा प्रयोग हुने बेसार, अदुवा, प्याज, लसुनले हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि मद्दत पुर्‍याउँछन् । यी सबैका आ-आफ्नै विशेष गुण रहेका छन् । आउनुहोस् यहाँ चर्चा गरौँ लसुनको । हामीमध्ये धेरैले प्रायः तरकारी पकाउँदा लसुनको प्रयोग गर्छौं ।

सामान्यतया हामीले खानाका विभिन्न परिकार तेलमा भुट्ने क्रममा अथवा ग्रेभी बनाउन लसुनको प्रयोग गर्ने गरेका हुन्छौँ । लसुनले कुनै पनि खानाका परिकारहरूलाई स्वादिष्ट बनाउन सहयोग गर्छ । तर, लसुनमा यति धेरै गुणकारी तत्व रहेका हुन्छन् जसले हामीलाई विभिन्न रोगहरूबाट मुक्त गराउँछ । आयुर्वेदमा त लसुनलाई औषधि नै मानिएको छ ।

एक सय ग्राम लसुनमा ६.३ ग्राम प्रोटिन, ०.१ ग्राम बोसो, ०.८ ग्राम फाइबर, २९.८ ग्राम कार्बोहाइड्रेट, ३० मि.ग्राम क्याल्सियम, १.२ मि.ग्राम फलाम र १४५ क्यालोरी पाइन्छ ।

विज्ञहरूका अनुसार लसुनमा भएका तत्वले हाम्रो मुटु स्वस्थ राख्न, उच्च रक्तचापबाट बचाउन, पेटसम्बन्धी समस्या हुन नदिन, पाचन प्रणालीमा सहयोग पु¥याउन, तनाव कम गर्न सहयोगी भूमिका खेल्दछ ।

यस्तै, लसुनले एलर्जीबाट बचाउँछ । लसुनमा रहेको एन्टिभाइरल र एन्टी इन्फ्लेमेटरी गुणले शरीरमा विभिन्न प्रकारका एलर्जीसँग लड्न मद्दत गर्छ । एलर्जीका कारण श्वास नली सुन्निने समस्यामा समेत लसुन उपयोगी मानिन्छ ।

लसुनमा भएका तत्वले हाम्रो मुटु स्वस्थ राख्न, उच्च रक्तचापबाट बचाउन, पेटसम्बन्धी समस्या हुन नदिन, पाचन प्रणालीमा सहयोग पुर्‍याउन, तनाव कम गर्न सहयोगी भूमिका खेल्दछ । हरेक चिजका फाइदासँगै बेफाइदा पनि हुन्छन् । यस्तै लसुनका धेरै फाइदा हुँदाहुँदै पनि सबैलाई फाइदाजनक नहुन सक्छ ।

आयुर्वेदिक मतअनुसार लसुनले वात कफ नाश गर्छ र दुखाइ शान्त पार्छ । यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ । महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ । पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ । गर्भावस्थामा भने यसको प्रयोग अहितकर मानिन्छ ।

लसुनको पात, गाँठो, केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका यी विविध भागलाई नियमितरूपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका विभिन्न रोग लाग्ने सम्भावना न्यून हुन्छ । क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ ।

हरेक चिजका फाइदासँगै बेफाइदा पनि हुन्छन् । यस्तै, लसुनका धेरै फाइदा हुँदाहुँदै पनि सबैलाई फाइदाजनक नहुन सक्छ । धेरै मात्रामा लसुनको सेवनले लिबरमा खराबी पनि गर्न सक्छ । जो व्यक्तिहरूले उल्टी गरिरहेका छन् त्यस्तो व्यक्तिले लसुन खानु हानिकारक मानिन्छ । शरीरमा गर्मीका कारण समस्या भइरहेका बेला लसुनको सेवनले शरीरको गर्मीलाई बढाउने काम गर्छ । जसले गर्दा पेट पोल्ने समस्या हुन्छ । रगतलाई धेरै पातलो बनाउने गुण पनि लसुनमा पाइन्छ । त्यसैले यदि तपाईं रगतलाई पातलो गर्ने औषधिको सेवन गरिरहनुभएको छ भने त्यस्तो बेला लसुनको सेवन गर्नुहुँदैन । यसले समस्या बढ्ने सक्ने सम्भावना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?