अशोकको ‘दोस्त’ मा पाँचवर्षे वारेन्टी

Read Time = 2 mins

काठमाडौं । अशोक लेल्याण्डले आफ्नो लोकप्रिय हलुका सवारीसाधन (लाइट कमर्सियल भेइकल) ‘दोस्त’ मा पाँच वर्षको वारेन्टी प्रदान गरेको छ । जुन सवारीसाधन उत्पादक कम्पनीले घोषणा गरेको वास्तविक वारेन्टी हो । नयाँ वारेन्टी बेष्ट इन सेगमेन्ट रहेकाले दोस्तको पर्फमेन्स बढाउन सहयोग गर्नुका साथै सबै रेञ्जका कम्पोनेन्टलाई यसले कभर गर्ने कम्पनीको दाबी छ ।

वारेन्टीअन्तर्गत इन्जिनका साथै पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बो चार्जर, फ्युल इन्जेक्सन पम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर-रेडिएटर कोर र कुलिङ फ्यान क्लच जस्ता प्रमुख उपकरण सबैमा कभर हुनेछ । गियरबक्स, रिअर र फ्रन्ट एक्सल साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटरजस्ता विद्युतीय कम्पोनेन्ट युनिटसमेत कभर हुने बताइएको छ ।

कुनै कारण सवारीसाधनको स्वामित्वमा परिवर्तन भएको अवस्थामा समेत कम्पनीलाई सूचित गरेपछि तोकिएको अवधिका लागि सो वारेन्टी उपलब्ध हुने बताइएको छ । साथै कम्पनीले ग्राहकलाई आफूले चाहेको कमर्सियल गाडी खरिद गर्न सहयोग पु¥याउन सहज फाइनान्स सुविधासमेत घोषणा गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?