देउराली डोजोद्वारा खेलाडी सम्मानित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल सितोरियो कराँते डो संघ, देउराली डोजोले आफ्ना खेलाडीलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौँ राष्ट्रिय खेलकुद र एनआरएनए कराँतेका पदक विजेता तथा १९औँ एसियाली खेलकुदको कराँतेका लागि प्रारम्भिक छनोटमा परेका आफ्ना खेलाडीलाई होलीका अवसरमा देउराली डोजोले सम्मान गरेको हो ।

दुबईमा भएको सोरिनकाइ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण जितेका अमिर राणा, नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत कराँतेमा स्वर्ण जितेका आशिष थापा र कांस्य विजेता रिकेश भण्डारी तथा एनआरएनए कराँतेका स्वर्ण विजेता करण चौधरी सम्मानित हुनुभयो । रिकेश र करण नगद पाँच हजारसहित सम्मानित हुनुभयो । सम्मानित हुने १९औँ एसियाली खेलकुदका लागि प्रारम्भिक छनोटमा परेका खेलाडीमा आशिका राई, महिमा राई र रिकेश भण्डारी रहनुभएको छ ।

सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कराँतेका मुख्य प्रशिक्षक तुलसीकुमार महर्जन तथा राखेप कर्मचारी संघका नवनिर्वाचित महासचिव कुमार बस्नेतलाई पनि सम्मान गरियो । त्यसै अवसरमा देउराली डोजोका अध्यक्ष राजेश जोशीलाई श्री भीमसेनगोला मावि व्यवस्थापन समितिको अध्यक्षमा तेस्रो कार्यकालका लागि चयन भएकोमा सम्मान गरिएको थियो ।

उहाँहरूलाई काठमाडौं महानगरपालिका-३१ का अध्यक्ष सरोज ढकाल, राखेपका सदस्य जनक बर्तौला, नेपाल कराँते महासंघका उप–महासचिव ओमकृष्ण प्रसाईं, देउराली डोजोका प्रमुख प्रशिक्षकसमेत रहेका १०औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता कुशल श्रेष्ठलगायतले एक कार्यक्रमबीच नगद र प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?