डेभलपमेन्ट बैंकर्स अध्यक्षमा नयाँ नेतृत्व

Read Time = 2 mins

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुयोग श्रेष्ठलगायत अन्य पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । एसोसिएसनको शुक्रबार चितवनमा सम्पन्न १७औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका सिइओ बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका सिइओ रामकुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका सिइओ नरेशसिंह बोहरा रहनुभएको छ । त्यस्तै, सदस्यमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका सिइओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सिइओ श्रीचन्द्र भट्ट र एक्सेल डेभलपमेन्ट बैंकका सिइओ डा. इन्द्र कट्टेल रहनुभएको संघले जनाएको छ ।

नवनियुक्त कार्यसमितिका पदाधिकारीको सपथ ग्रहणसमेत भइसकेको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबैको सहयोगबाट विकास बैंकहरूको हक र हितमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको एसोसिएसनका कार्यालय सचिव हेमजंग कार्कीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?