फुटबल खेलाडीलाई चन्द्रपुर नगरपालिकाको सम्मान

हिमालय टाइम्स
Read Time = 1 min

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाले नेपाली महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने आफ्नो नगरपालिकाभित्रका खेलाडीलाई नगदसहित सम्मान गरेको छ । नगरपालिकाले राष्ट्रिय टिमबाट खेल्ने आफ्नो नगरभित्रका आठ खेलाडीलाई जनही १५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रले सम्मानित गरेको हो ।

नगरपालिकाले रेनुका नगरकोटे, रश्मीकुमारी घिसिङ, समीक्षा घिमिरे, अनिता केसी, अञ्जना रानामगर, पुनम जर्घामगर, निशा थोकर र मञ्जलीकुमारी योञ्जनलाई सम्मान गरेको हो । गत भदौमा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिपमा नेपाली टिमले फाइनलसम्मको यात्रा तय गर्दा रौतहटका सात खेलाडी टोलीमा हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?