गोकर्णेश्वर नगरपालिकाले गजल महोत्सव आयोजना गर्दै

प्रथम पुरस्कार नगद ६० हजार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्ने भएको छ । साहित्यिक क्षेत्रको विकास विस्तारका लागि विभिन्न कार्य गर्दै आएको यो नगरपालिकाले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका-९ आरुबारीमा आयोजना हुनेछ । प्रतियोगिताका लागि उपलब्ध रचनाहरू विज्ञ समूहद्वारा मूल्यांकन गराई ४० वटा रचनाहरूको वाचन तथा गायनमा छनोट गरिने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुने गजलकारलाई करबाहेक नगद ६० हजार, द्वितीयलाई ४० र तृतीयलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ भने पाँचजनालाई सान्त्वना पुरस्कारस्वरुप जनही २० हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यसैगरी, महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथ अप्रतियोगिका रूपमा विशिष्ठ गजलकारहरूको प्रस्तुति रहने महोत्सवलाई सफल र भव्य रूपमा सम्पन्न गर्न साहित्यकार गोविन्द घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । यस्तै महोत्सवलाई व्यापक रूपमा प्रचारप्रसार गर्न नवराज चालिसेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । गोकर्णेश्वर नगरपालिकाले विगतमा राष्ट्रियस्तरको कविता प्रतियोगितालगायत कार्यक्रम आयोजना गरिसकेको छ ।

गोकर्णेश्वर नगरपालिकाले साहित्यिक प्रकाशनहरूमा पनि सहयोग गर्दै आएको छ । सभ्य तथा सचेत समाज निर्माणमा साहित्यको सबैभन्दा महŒवपूर्ण भूमिका हुनेभएकाले साहित्यिक गतिविधिलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको नगर प्रमुख दीपक रिसाल बताउनुहुन्छ ।

रमेश विकल, भैरव अर्याल, कञ्चन पुडासैनी जस्ता साहित्यिक हस्तिहरूको जन्म तथा कर्मभूमिको रूपमा परिचित गोकर्णेश्वर नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गरिरहने नगरप्रमुख रिसालको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?