काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आफूलाई कारण देखाएर नेपाली कांग्रेसले गरेको सदन अवरुद्धप्रति आक्रोशित हुनु भएको छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा गृहमन्त्री लामिछानेले एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खोज्नु गलत भएको बताउनु भयो ।
'म चुनौतीका साथ भन्न चाहन्छु, त्यो एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खोज्नुभएको छ, उहाँले भन्नुभयो, 'म उहाँहरूलाई भन्न चाहन्छु – तपाईं कहाँ कहिले कुन मितिमा मलाई बोलाउनुहुन्छ ?'
सदनमा आफूले जवाफ दिन नपाएको भन्दै गृहमन्त्री लामिछानेले कांग्रेसले उठाएको प्रश्नहरु ९ मिनेट १८ सेकेन्डमा सबै निस्तेज हुनेगरी जवाफ दिने पनि बताउनु भएको छ ।
'सदनमा तपाईंहरुले कनिकनि लेखेका प्रश्नहरु मैले सुनिरहेको छु । तर, मैले जवाफ दिन पाएको छैन । तपाईंहरुका प्रश्नहरु ९ मिनेट १८ सेकेन्डमा सबै निस्तेज हुनेछन् । किन बोल्न दिनुहुन्थ्यो र ! ठीक छ, तपाईं पनि जनताको मान्छे, म पनि जनताको मान्छे ! तपाईंलाई निर्वाचित गर्ने मान्छेका अगाडि उभिएर म बहस गर्न चाहन्छु । तपाईं आफ्नो विज्ञसहित आउनुहोला ।' उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, 'तपाईंले भनेको ठाउँ र मितिमा बोलाउनुस् र प्रमाणित गरिदिनुस्, तपाईं भएभरका सबै लयर र प्रभावशाली नेताहरु बोकेर आउनुहोला । सबै प्रमाणहरु लिएर आउनुहोला । म एक्लै आउँछु ।'
बहसका लागि उहाँले सबै प्रमाण लिएर आउन आग्रह गर्दै आफू भने एक्लै आउन तयार रहेको बताउनु भएको छ ।
उहाँले भन्नुभयो, 'आमजनताले हेरुन् त्यो इभेन्ट, प्रत्यक्ष प्रशारण होस्, सिंगो देशले हेरोस् । दूधको दूध, पानीको पानी छुट्टियोस् । कांग्रेस जस्तो इतिहास बोकेको पार्टी कुन चिर्कटमा उभिएको छ भन्ने हामीले हेरेका छौं ।'
लामिछानेले सहकारीको विषयमा अदालतमा मुद्दा गएको र अदालतले नै हेर्ने जिकिर गर्दै अदालतले हेरेपछि मात्र सदनमा कुरा आउनुपर्ने बताउनु भयो ।
'सहकारीको विषयमा अदालतमा मुद्दा गएको छ रवि लामिछाने प्रतिवादी हो कि होइन रु हेरोस् । अनिमात्रै सदनमा कुरा गरोस् । जुन मुद्दामा बहस चलेको छ, त्यो सबै प्रमाण बोकेर आओस् । मलाई प्रमाणित गरिदिए हुन्छ, तत्काल के गर्नुपर्ने त्यहीबाट गरौंला । मेरो चुनौती छ । यति भन्दिनुस्, म कहाँ आऊँ बहस गर्न । एक्लै हरेक जिज्ञासाको जवाफसहित समाधान दिन्छु । यो बहस अझै काठमाडौं ४ मा भयो भने मलाई सहज हुन्थ्यो ।' उहाँले भन्नुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच