साफ यू-१७ च्याम्पियनमा भारतसँग खेल्दै नेपाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले भारतसँग खेल्दैछ ।

बंगलादेशको ढाकामा आजदेखि हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्न लागेको हो । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । भारत पनि नेपाललाई हराउँदै प्रतियोगितामा जितका साथ सुरुवात गर्ने योजनामा छ ।

प्रतियोगितामा बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?