सर्लाहीमा चार किलोग्राम गाँजासहित एक भारतीय पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

सर्लाही । विष्णु गाउँपालिका-५ फेन्हराबाट ४ किलोग्राम गाँजासहित एक भारतीय पक्राउ परेका छन् ।

भारतीय नागरिक २७ वर्षीय ईन्द्रजित कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त लागूऔषध र भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?