काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत गरिरहनु भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नका लागि बैठकमा सो प्रस्ताव प्रस्तुत गर्न सुरु गर्नु भएको हो ।
नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रधानमन्त्रीले प्रस्ताव पेश गर्नुहुने प्रावधान छ ।
त्यस अवसरमा उहाँले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतीका लागि गरिएको प्रयासमा सहमत नभएपछि एमालेसहितका राजनीतिक दलहरुसँगको गठबन्धन सरकार टुट्न पुगेको बताउनु भयो ।
विश्वासको मत माग्दै उहाँले भन्नुभयाे, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिएन, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावपछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच