आज झापा जाँदै एमाले अध्यक्ष ओली

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने हुनुभएको छ।

ओली आज दिउँसो १ बजे भद्रपुर हुँदै दमक पुग्ने हुनुभएको हो । एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार ओली आज दमकस्थित आफ्नै निवासमा बस्नुहुनेछ ।

अध्यक्ष ओलीले शुक्रबार मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

यसैगरी शुक्रबार नै नेकपा एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?