खोटाङ । खोटाङमा बेपत्ता हुनुभएकी एक वृद्धा सात दिनपछि सकुशल फेला पर्नुभएको छ । दशैँको टीका अर्थात् ७ कात्तिक दिउँसोदेखि घरै नजिकबाट बेपत्ता हुनुभएकी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्क बसेरीकी ६८ वर्षीया जैसीमाया ढुंगाना सोमबार फेला पर्नुभएको हो ।
वृद्धाकी आफन्त नरेन्द्र ढकालका अनुसार आमालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपा टारी र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ सिमाना दिखुवाखोला पुलको माथि पहरामा बसिरहेको अवस्था भेटिएको हो । वृद्धा आमा सकुशल भेटियो । उहाँले आफन्त तथा सबैलाई चिन्ने अवस्थामा हुनुहुन्छ । ढकालले भन्नुभयो । प्रहरीले पनि वृद्धा भेटिएको अफिसियल फेसबुकमार्फत जानकारी दिएको छ । सहयोगी महानुभावहरूमा आभार, आमा भेटिनुभाको छ । प्रहरीले फेसबुकमा लेखेको छ ।
आमा भेटिएको स्थानीयले खबर गरेका थिए । बेपत्ता वृद्धाको आफन्त, स्थानीय र प्रहरीले खोजी गर्दा नभेटेपछि शनिबार र आइतबार प्रहरीको तालिमप्राप्त दुईवटा कुकुर परिचालन गरी वृद्धाको खोजी पनि गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच