मकवानपुर: समानुपातिकमा एमाले पहिलो, दोस्रो स्थानमा कांग्रेस

हिमालय टाइम्स
Read Time = 2 mins

-श्रीराम अर्जुन
हेटौंडा । मकवानपुरमा प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार गणना भएको १ लाख ७७ हजार ८५८ मतमा नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले क्षेत्र नं.१ बाट २२ हजार ६११ र क्षेत्र नं. २ बाट २८ हजार १९६ गरी कुल ५० हजार ८०७ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेस ३६ हजार २६४ मत सहित दोस्रो दल बनेको छ भने रबि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २९ हजार ८८९ मत सहित तेस्रो भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र २६ हजार १३३ मत सहित चौथो बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी १६ हजार ७७१ मत सहित पाँचौ स्थानमा रहेको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ३ हजार ८२७ मत मात्रै प्राप्त गरेको छ । खसेको मतमध्ये १ लाख ७० हजार १६६ सदर हुँदा ७ हजार ६९९ मत बदर भएको जिल्लाको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

प्रत्यक्षतर्फ दुई प्रतिनिधिसभा रहेको जिल्लामा एमाले र राप्रपाले एक–एक स्थानमा जितेको छ । प्रदेशसभामा माओवादी केन्द्रले दुई स्थानमा बाजी मार्दा एमाले र कांग्रेस एक–एक स्थानमा जितेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?