इलाम उपनिर्वाचन : दुई दल र एक स्वतन्त्रले गरे मनोनयन दर्ता

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम । प्रतिनिधि सभा उपनिर्वाचनमा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पहिलो नम्बरमा मनोनयन दर्ता गरेको छ । जनमत पार्टीका उम्मेद्वार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप)ले पहिलो नम्बरमा मनोनयन दर्ता गर्नुभएकाे हाे ।

मनोनयन अघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दोश्रो नम्बरमा मनोनयन दर्ता गरेको छ । नेमकिपाले मोरङका श्यामबहादुर दर्जीलाई उम्मेद्वार बनाई मनोनयन दर्ता गरेको हो ।

तेश्रोमा डाकप्रसाद गौतमले मनोनयन दर्ता गराउनु भएकाे छ । गौतमले यसपटक भने स्वतन्त्र उम्मेद्वारी दिनुभएकाे छ । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा गौतम नेपाली कांग्रेस (विपी) बाट इलाम २ मा उम्मेद्वारी दिनुभएकाे थियाे ।

रास्वपा इलामको ३ बजे, एमाले इलामले १ः३० बजे र नेपाली कांग्रेस इलामले २ः३० बजे मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?