साहित्यकार पहाडी सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साहित्यकार किशोर पहाडीलाई सम्मानित हुनुभएको छ । पहाडीको जन्मस्थान दक्षिणकाली नगरपालिकास्थित फर्पिङमा उहाँलाई एक विशेष समारोहबीच सम्मान गरिएको हो ।

दक्षिणकाली नगरपालिका र स्थानीय सुसेली साहित्यिक प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नगरपालिकासहित विभिन्न संघसंस्थाले पहाडीको साहित्यिक योगदानको कदर गर्दै सम्मान गरेका हुन् ।

सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले ‘सिर्जनशील किशोर पहाडी’ शीर्षकको पुस्तक विमोचन पनि गर्नुभएको थियो । बाजागाजा र र्‍यालीसहित सुरुवात भएको उक्त कार्यक्रम आवेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको संयोजन रामराजा केसीले गर्नुभएको थियो ।

पहाडीका कथा, कविता, बालकथासंग्रह प्रकाशित छन् । उहाँका फुटकर रूपमा निबन्ध र नाटक पनि प्रकाशित छन् । पहाडी चार दशकअघि सर्वनाम नाट्य समूहसँग पनि आबद्ध उहाँले दर्जनौं नाटक, सडकनाटक, टेलिशृंखलामा अभिनय गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?