अख्तियारद्वारा घुससहित सब-इन्जिनियर पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका सब–इन्जिनियर प्रवीण विकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका पोखरा महानगरपालिका २८ मा कार्यरत सब–इन्जिनियर प्रवीण विकविरुद्ध आयोगले सोमबार विशेष अदालत काठमााडौंमा आरोपपत्र दायर गरेको हो ।

विकले बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले घुस लिइसकेको अवस्थामा गत चैत्र ३ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा विकले सेवाग्राहीसँग घुस माग गरेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुर गरेकाले उनलाई पन्ध्र हजार रुपैयाँ बिगो कायम गरी जरिवानको माग दाबी गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?