सरकारमा सम्मानजनक सहभागिता चाहिन्छ : लोसपा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरुलाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताउनुभएको हो ।

उहाँले निर्वाचन अघिको नै गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष नै टिकाएर लैजान पार्टीले भुमिका खेल्ने बताउनु भयो । उहाँले गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको सुविधा दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय बैठकले गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको समसामयिक परिस्थति र राजनीतिबारे हाम्रो छलफल भयो । साथै सरकार गठनको प्रक्रियाबारे पनि छलफल भएको छ । हाम्रो दल पनि १० दलीय गठबन्धनमा सामेल छ । अहिले जुन कोर्ष करेक्शनको कुरा छ, अर्थात् प्रि इलेक्शन अनाउन्स अघिको गठबन्धन शुरु भएको छ, त्यति बेला नेपाली काँग्रेसको गठबन्धनमा लोसपा पनि सहभागी थियो । त्यही गठबन्धनकै सरकार बन्नुपर्ने हो, हामीलाई करिव करिव बहुमत आएको थियो । गठबन्धनको घटक भएकाले हामी जिम्मेवार भएर अघि बढ्नुपर्छ । यो गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको डेलिभरी दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय भएको छ । गठबन्धनमा भएका पार्टीहरुको सम्मानजनक उपस्थिति हुनुपर्छ भन्ने मान्यता छ । संगठन बिस्तार र पार्टीलाई नयाँ ढंगबाट अघि बढ्ने निर्णय भएको छ । उपनिर्वाचनमा पनि भाग लिन आवश्यक तयारी गर्ने निर्णय छ । बारा २ मा हाम्रो उम्मेदवार हुनु स्वभाविक हो ।’

वरिष्ठ नेता भण्डारीले बैठकले पार्टीको संगठन बिस्तार गर्ने र पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन निर्णय गरेको पनि बताउनु भयो । उहाँले बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने कुरा स्वभाविक रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?