रोड रेसिङ च्याम्पियनसिपको उपाधि आशिक र निमेशलाई

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । गण्डकी प्रदेशमै पहिलो पटक आयोजना भएको नेपाल रोड रेसिङ च्याम्पियनसिपको उपाधि आशिक लामा र निमेश ठकुरीले जित्नुभएको छ । पोखरा रगंशालामा आयोजित १५० सीसीको मोटरसाईकल रेसिङको नेश्नलमा आशिक र नोभिसमा निमेश पहिलो हुनुभएको हो ।

राजकुमार कार्की दोस्रो र युकेश थापा तेस्रो हुनुभएको छ । त्यसैगरि नोभिस क्याटेगोरीमा दिलिप दनुवार दोस्रो हुँदा मंगेष जोशी तेस्रो हुनुभएको छ । नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) मा आबद्ध क्लब मोटर स्पोर्टस नेपालद्वारा आयोजित नेपालकै लोकप्रिय बाइक रेसिङमा नोभिसतर्फ ४७ जना प्रतिस्पर्धी थिए भने नेश्नलतर्फ १८ राइडर्सले भाग लिएका थिए ।

रेसिङका विजयीहरूलाई गण्डकी प्रदेशका सांसद तथा पूर्व खेलकुद मन्त्री राजीव गुरुङ, निवर्तमान राखेप बोर्ड सदस्य सम्पन्न श्रेष्ठ र पोखरा महानगर खेलकुद विकास समितिका दिपकबहादुर गोदारले पुरस्कार वितरण गर्नुभएको थियो ।

विश्वकै लोकप्रिय मानिएको मोटरसाईकल रेसिङ सन् २००८ बाट नेपालमा प्रवेश भएको हो । विश्व मोटरसाईकल महासंघ फेडेरेसन इन्टरनेशनल डे मोटरसाइक्लीजमको नेपाल च्याप्टरको रुपमा नासा नेपाल र त्यसको मातहतका दर्जनौं क्लबहरू मोटरसाइकल रेसिङ, ¥याली र टुरिङमा क्रियाशिल रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?