गुठिचौरद्वारा हिउँदे गाउँसभाबाट पाँचवटा विधेयक पारित

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले १७ औं हिउँदे गाउँसभाबाट पाँचवटा विधेयक पारित गरेको छ । हिउँदे गाउँसभाले भवन निर्माण तथा नक्सापास कार्यबिधि, प्राबिधिक फिल्ड भत्ता कार्यबिधि, भुकम्पिय जोखिम मुल्यांकन सम्बन्ध मापदण्ड, खर्च व्यवस्थापन सम्बन्धी मापदण्ड र पोषणमैत्री स्थानिय तह तथा वडा घोषणा कार्यविधि गरेर पाँच वटा कार्यविधि र नीति सर्वसम्मत रुपमा विधेयक पारित भएको पारित गरिएको गुठिचौर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज गिरीले जानकारी दिनुभयो ।

पालिकाको कार्यसम्पादनलाई छिटो छरितो तथा नागरिकमुखि बनाउने नयाँ कार्यविधि तथा मापदण्ड पारित गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गिरीको भनाइ छ । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन हिउँदे गाउँसभाबाट पारित भएका विधेयकले काम गर्ने सहज हुने गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले जानकारी दिनुभयो ।

अब पालिका भित्र निर्माण हुने पक्की घर तथा सरकारी कार्यालयका सार्वजनिक भवनलाई नक्सा पास गरेर मात्र बनाउन दिइने भएको छ । भवन निर्माण तथा नक्सा पास कार्यबिधिलाई कडाइकासाथ कार्यान्वयन गरिने गाउँपालिका अध्यक्ष बुढाको भनाइ छ । गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी भण्डारीले स्थानीय सरकारले आफ्ना ऐन नियम नीति तथा कार्यविधि बनाई बजेट खर्चदेखी सेवा प्रवाहलाई नागरिकमुखी बनाउन आवश्यक रहेको बताउनुभयो । यस अघि यहाँको तिला गाउँपालिकाले भवन निर्माण तथा नक्सापास कार्यबिधि निर्माण गरी कार्यान्वयमा ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?