जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि शैक्षिक कचहरी बहस सुरु गरेको छ । शैक्षिक कचहरीका माध्यमबाट यहाँका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्ने अभियान सुरु गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले जानकारी दिनुभयो ।
पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक कचहरी सुरु गरिएको हो । तातोपानीका २९ वटा सामुदायिक विद्यालय लक्षित शैक्षिक कचहरी तीन चरणमा संचालनहुने गाउँपालिका अध्यक्ष चौंलागाईको भनाइ छ।
पहिलो चरणमा वैशाख १६ गतेदेखि तातोपानी गाउँपालिका वडा नम्वर १, २ र ३ भित्रका ८ वटै सामुदायिक विद्यालयको शैक्षिक अवस्थाको बारे बहस गरिएको छ। शैक्षिक कचहरीमा तिन वटा वडा भित्रका राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, विद्यार्थी र आम नागरिकलाई एक ठाउँमा भेला गरेर छलफल गरिएको अध्यक्ष चौंलागाईले बताउनुभयो ।
सामुदायिक विद्यालयमा राज्यको करोडौँ लगानी छ, तर विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ । कतिपय कक्षा रित्तो बन्ने अवस्थामा पुगेका छन् । बाँकी विद्यार्थीलाई गाउँमै रोक्ने वातावरण बन्न सकेन भने केही वर्षपछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने सङ्केत देखिन थालेका छन्। आवश्यकताका आधारमा विद्यालय मर्ज गर्ने, शिक्षक व्यवस्थापन गर्ने, शैक्षिक गुणस्तरलाई लयमा ल्याउने उदेश्यले शैक्षिक कचहरी कार्यक्रम सुरु गरिएको गाउँपालिका उपाध्यक्ष रेवती रावलको भनाइ छ।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले पालिका भित्रको शैक्षिक स्थिति दयनीय भएकोले सबैले आत्मालोचना गरेर सच्चिन जरुरी रहेको जानकारी दिनुभयो ।विगतमा दिवा खाजा, छात्रवृत्तिलाई पारदर्शी बनाउन तातोपानी भित्रका विद्यालयमा पुगेर परिक्षामा विद्यार्थीको टाउका गन्ने अभ्यास गरेको बताउदै शैक्षिक कचहरीले समेत शिक्षा सुधारमा टेवा पुग्ने विश्वास रहेको प्रमुख प्रशासकीय अधिकृत कठायतको भनाइ छ।
गाउँगाउँमा विद्यालय खोल्नु मात्रै उपलब्धी होइन, त्यसलाई व्यवस्थापन गर्नु ठूलो कुरा हो । शिक्षक, जनप्रतिनिधिलगायतका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, आवासीय शिक्षाको प्रबन्ध मिलाउनुपर्ने, अभिभावक शिक्षाको व्यवस्था गर्नुपर्ने, समय सान्दर्भिक पाठ्यक्रम लागू गर्नुपर्ने लगायतका विषयमा पालिकालाई सुझाव दिएको तातोपानी -१ बाइराँकाका स्थानीयवासि विरेन्द्र शाहीको भनाइ छ। विद्यालयको नियमन, अनुगमन, आवश्यकताका आधारमा मर्ज, विधि सम्वत नचलेका विद्यालयलाई दण्डित गर्ने सवालमा पालिका कडा रुपमा पालिका लागेको छैन ।
कार्यसम्पादनका आधारमा विद्यालयलाई पुरस्कृत र दण्डित गर्नुपर्ने स्थानीयवासि सुनिता पाण्डेले बताउनुभयो । शिक्षा शाखा प्रमुख सुरत बहादुर शाहीले तातोपानी १, २ र ३ भित्रका ८ सामुदायिक विद्यालयको वर्तमान अवस्थाबारे पालिका स्तरीय शिक्षा समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गरेका थियोे । प्रतिवेदन अनुसार विद्यार्थी संख्या निकै कम भएका विद्यालयलाई मर्ज गर्नुपर्ने देखिएको शिक्षा शाखा प्रमुख शाहीको भनाइ छ। विद्यालयमा अतिरिक्त क्रियाकलाप नहुँदा विद्यार्थीको वैयक्तिक विकास हुन सकेको छैन ।
प्रर्याप्त शैक्षिक समाग्रीको अभावले अतिरिक्त क्रियाकलाप हुन नसक्दा र विद्यालयले चासो नदिदा विद्यार्थी मारमा परेको छात्रा रमेश बुढाको गुनासो छ । तातोपानी ४, ५ र वडा नम्वर ६ भित्रका विद्यालय लक्षित शैक्षिक कचहरी दोस्रो शृङ्खला यहि वैशाख १८ गते दुर्गा माद्यमिक विद्यालयमाहुने छ । भने भेरिखोलाका विद्यालय लक्षित शैक्षिक बहस तातोपानी ७ पातरसाँघुमा वैशाख २० गते हुने तातोपानी गाउँपालिकाले जनाएको छ ।
पातरसाँघुमा तातोपानी ७ र ८ का विद्यालयका समस्या र सम्भावना बारे चर्चा हुने शिक्षा शाखाले जनाए छ।राजनीतिकमा लागेको शिक्षकलाई कानुनी कार्वाही गर्ने सके शिक्षामा केही सुधार आउने सक्ने यहाँका स्थानीयवासिले धारणा राखेका थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच