बेलायतका रक्षामन्त्रीद्वारा राजीनामा, ग्रान्ट शाप्स नयाँ रक्षामन्त्री

Read Time = 2 mins

लण्डन । बेलायतका रक्षामन्त्री बेन वालेसले पदबाट राजीनामा दिनुभएको छ । गत महिना उहाँले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । अठार वर्षदेखि संसद् सदस्य रहनुभएका वालेस विन्स्टन चर्चिलपछि सबैभन्दा लामो समयसम्म बेलायतको रक्षा मन्त्रालय सम्हाल्ने कन्जर्भेटिभ दलको नेता हुनुहुन्छ । नौ वर्ष मन्त्री रहनुभएका उहाँले चार वर्ष रक्षामन्त्रीका रूपमा सेवा गर्नुभएको हो ।

त्रिपन्न वर्षीय वालेसलाई प्रधानमन्त्री ऋषि सुनकले पठाउनुभएको पत्रमा रुसविरुद्ध युक्रेनका लागि पश्चिमा सहयोगीहरूको समर्थन जुटाउन उहाँले निर्वाह गर्नुभएको प्रमुख भूमिका तथा देशप्रतिको समर्पण र सीपको प्रशंसा गर्नुभएको छ ।

यसैबीच, प्रधानमन्त्री सुनकको कार्यायलयले ५४ वर्षीय ऊर्जामन्त्री ग्रान्ट शाप्सलाई रक्षामन्त्री नियुक्त गर्नुभएको घोषणा गरेको छ । संवाददाताहरूले नयाँ रक्षामन्त्री शाप्स प्रधानमन्त्रीको कार्यालयमा जानु भएको जनाउँदै उहाँले बेलायती रक्षामन्त्रीका रुपमा आफूले रुसको अन्यायपूर्ण आक्रमणका विरुद्ध युक्रेनलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताएका छन् । शिक्षामन्त्री क्लारी कुथिन्होलाई क्याबिनेट मन्त्रीका रुपमा बढुवा गरेर ऊर्जामन्त्रीको जिम्मेवारी दिइएको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?