पार्टी एकताको विषय प्रायोजित बजार हल्ला मात्र हो, भ्रममा नपरौं : जगन्नाथ खतिवडा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एकीकृत समावादी) पार्टीको प्रवक्तासमेत रहनु भएका नेता जगन्नाथ खतिवडाले पार्टी एकताका विषयमा भइरहेको समाचार बजार हल्ला मात्र भएको बताउनु भएको छ।

केही दिन यता सरकारमा सामेल रहेको दल नेकपा एमाले र एकीकृत समाजवादीबीच पार्टी एकता हुने चर्चा चलिरहेका बेला एकीकृत समावादीकाे प्रचार विभाग प्रमुख समेत रहनुभएको खतिवडाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रायोजित प्रचारको भ्रममा परेर धारणा नबनाउन अनुरोध समेत गर्नु भएको छ ।

उहाँले भन्नुभएको छ– 'बजार हल्लाको भ्रममा नपरौ। हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) कुनै पार्टी सङ्ग एकीकरण गर्ने गरी अगाडि बढेको छैन ।’
पार्टी सुदृढीकरणको योजना बनाउँदै गरेको जानकारी दिँदै उहाँले भन्नुभएको छ– 'पार्टी बिस्तारका अभियानहरु कसरी अगाडि बढाउने भनेर बिचार बिमर्शमा छ। स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटिका बौठकहरु आयोजना गर्ने तयारी गर्दैछ।'

साथै उहाँले प्रचण्ड नेतृत्वको सरकारमा जाने विषयमा पनि छलफल चल्दै गरेको तर कुनै निर्णय भइनसकेको बताउँदै भन्नुभएको छ–'प्रचण्ड नेतृत्वको सरकार मा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय गरि सकेको छैन , छलफल चल्दैछ। तसर्थ, कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुँदैन '

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?