मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका-१ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय रामबहादुर तामाङ रहेका छन् । मोटरसाइकलको ठक्करबाट  घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा घाइते भएका चालक शंखरापुर नगरपालिका-३ का १५ वर्षीय राजेन्द्र तामाङको उपचार शंखरापुर अस्पतालमा भइरहेको प्रहरी चौकी नाङ्लेभारेले जनाएको छ ।

जरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको  बा ४५ प ५४४१ नम्बरको मोटरसाइकल  पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?