नेपाल र भियतनामबीचको खेल चैत तेस्रो साता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । महिला ओलम्पिक फुटबलको एसियाली छनोटको पहिलो चरणमा नेपाल र भियतनामबीचको खेल चैत २२ र २५ गते दशरथ रंगशालामा हुने भएको छ । प्रतियोगितामा सहभागी हुन भियतनामको महिला टोली २० गते नेपाल आउने एन्फाले जानकारी दिएको छ ।
यो समूहमा भएका अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच मात्रै प्रतिस्पर्धा हुने भएको हो ।

यो समूहको विजेता टोली दोस्रो चरणमा पुग्नेछ । एसियाका सातवटा समूहमा विभाजित टिमबाट समूह विजेता दोस्रो चरणमा पुग्नेछन् । माथिल्लो वरीयताका उत्तरकोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया सिधै दोस्रो चरणमा पुगेका छन् ।

यी पाँच टिमसहित सातवटा समूहका विजेता गरी १२ टिमलाई दोस्रो चरणमा तीन समूहमा विभाजन गरिनेछ । ती समूहका विजेता र उत्कृष्ट उपविजेताबीच फेरि तेस्रो चरणको खेल हुनेछ र एसियाबाट दुईवटा महिला टिमले ओलम्पिक खेल्न पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?