आर्मी ‘बी’ लाई उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल आर्मीको ‘बी’ टिमले एलडिबिए थ्री बाई थ्री पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा आर्मी ‘बी’ ले आफ्नै ‘ए’ टिमलाई २१-१७ ले पराजित गर्‍यो । उपाधि विजेता टोलीबाट रविन खत्री, अजय कुश्वाहा, निकेश रखाल मगर र सुदीप पौडेलले खेल्नुभएको थियो ।

आर्मी ‘ए’ बाट विनोद महर्जन, आयुश सिंह, निश्चल महर्जन र अमृत कोइरालाले प्रतिस्पर्धा गर्नुभएको थियो । विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । नगद पुरस्कार अमेरिकामा बस्दै आएका चित्रकुमार बस्नेतले प्रायोजन गर्नुभएको हो ।

ललितपुर जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा विजेताका रविन खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । उहाँले ब्राण्ड हाउसद्वारा प्रायोजित गिफ्ट हृयाम्पर पुरस्कारस्वरूप पाउनुभयो । भनिमण्डल युवा क्लब ‘इमर्जिङ टिम’ चुनियो । भनिमण्डलले १० हजार नगद पुरस्कार पायो ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्लाटिनम क्लबका मिलन कार्की र आयोजक ललितपुर जिल्ला बास्केटबल संघका महासचिव शरद विष्टले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा भएको दुईदिने प्रतियोगितामा २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?