भोजपुर । पहाडी जिल्ला भोजपुर सदरमुकाममा गत पौष २७ गतेबाट सुरु ऐतिहासिक नगर डवली मेलाको अन्तिम दिन शनिवार स्थानीय टुँडिखेल खचाखच भरिएको थियो । दिउँसैबाट दुई सयको टिकट किनेर भोजपुरवासीहरु मेला स्थलमा प्रवेश गरेका थिए ।
अरु बेलाकोे भन्दा मेलाको अन्तिम दिन टिकट तिरेर भए पनि युवाहरुको ढुक्ढुकी बहुचर्चित गायिका ज्योती मगरको धमाकेदार प्रस्तुती हेर्न दर्शकको घुईचो लागेको थियो । साँझ पख भट्टीमा छिरेको थाहै पाइन बिल कति तिरेको गीत गाउँन थाल्दै गरेकी गायिका मगरलाई सुरुमै दर्शकहरुले ताली र हल्लाले स्वागत गरेका थिए ।
चिसोको प्रवाह नगरी दर्शकहरु समेत गायिका मगरको प्रस्तुतिमा उफ्रि उफ्रि नाची रहेका थिए । कार्यक्रम हेर्न आएका दर्शकहरुलाई उफारेकी गायिका मगरले चर्चित गीतहरु सुर्खेत बुलबुले ताल, ढाडे बिरालो, जिम्बाल बाउकी छोरी, जिम्माल बाउकी छाेरीलगायतका थुप्रै चर्चित गीतहरु गाएर दर्शकहरुलाई भरपुर रमाइलो दिएकी थिइन ।
सोक्रममा मावि तथा आधारभुत विद्यालय तर्फको नृत्य प्रतियोगितामा उत्कृष्ट भएका कलाकारहरुले आफ्नो नृत्य समेत देखाएका थिए । आधारभुत तह तर्फ पहिलो हुने भोजपुर बहिरा आवासीय विद्यालय, दोश्रो बालकन्या आधरभुत विद्यालय र तेश्रो भोजपुर एकेडेमी र मावि तर्फ पहिलो सिद्धकाली बोर्डिङ स्कुल, दोश्रो विद्योदय मावि र तेश्रो हुने सगरमाथा बोर्डिङ स्कुललाई कार्यक्रमका प्रमुख अतिथि भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले क्रमशः नगद १५ हजार, १० हजार, पाँच हजारसहित ट्रफी र मेडल वितरण गरे । सोहीक्रममा निर्णायकलाई प्रमाण पत्र र भोजपुरका बरिष्ठ पत्रकार निरोज कोइरालालाई सम्मानपत्रबाट सम्मानसमेत गरिएको थियो ।
गत पौष २७ गतेबाट सुरु ऐतिहासिक भोजपुर नगर डवली मेला माघ २० गतेबाट समापन भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच