धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले जवरजस्ती करणी गरि फरार रहेका एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेम गजुरी–२ चाम्बासका २१ बर्षीय आईमान सिं तामाङ रहेका छन् । तामाङले चैत १४ गते बिहान धादिङको गजुरी गाउँपालिका–२ झोलुङ्गे पुल स्थित एक महिलालाई जवरजस्ती करणी गरी फरार रहेका थिए ।
सेतो सर्ट, सेतो पाईन्ट र कानमा मुन्द्रा लगाएको पुरुषले जवरजस्ती करणी गरी फरार रहेको जानकारी पश्चात गजुरीबाट खटीएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा लुकिछिपी आफ्नै घरमा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तामाङलाई पिडित महिलाबाट सनाखत गराई जबरजस्ती करणी कसूरमा धादिङ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका