सिरहा । गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल छ्याप्ने कार्यमा संलग्नहरुलाई कडा कारबाहीको माग गरेको छ।
गत मंगलवार अपरान्ह मेयर श्रेष्ठमाथि विभिन्न आरोप लगाउँदै मोविल छ्याप्ने समूहलाई तत्काल पक्राउ गरी कडा कार्वाहीको लागि आज नगरपालिकाले पत्रकार सम्मेलन गरी सो माग गरेको हो।
तत्काल घटनाका दोषीहरुलाई पक्राउ गरी प्रहरीले कार्वाही नगरे अझै ठूलो आन्दोलन हुने चेतावनी मेयर श्रेष्ठले दिनुभएको छ पत्रकार सम्मेलनमा मेयर श्रेष्ठले भन्नुभयो, ‘हामी प्रहरीले घटनामा संलग्नहरुलाई तत्काल प्रहरीले पक्राउ गरी कारबाही गरोस् भन्नेमा छौं, हामी आजै नै उनीहरु बिरुद्ध उजुरी दर्ता गराउँदै छौं।'
मगलवार नेपाल कम्यूनिष्ट पार्टी बहुमतले लघुवित्तमार्फत गरिब जनतालाई उठिवास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा एक करोड ५२ लाख ब्रम्हलुट गरेको तथा गोलबजार १ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानिक तरिकाले नदिको दोहन गरेको, अन्यायपूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाईएको र सो पार्टीका नेता कार्यकता विरुद्ध सुराकी गरेको थप आरोप पनि बहुमतको छ ।
तर मेयर श्रेष्ठले भने त्यसको प्रतिवाद गर्नुभउको छ । ‘बजार ठेक्काको रकम, नदिबाट उठेको रकम नगरपालिकामा जम्मा नभएको र त्यसबारे आफूले पटक पटक ताकेता र आवाज उठाउँदै आएको छु,’ उहाँले भन्नुभयो। आफू मीटरव्याज पीडितको पक्षमा रहेको र हाल नेपालमा कुनै पार्टी भूमिगत नभएको र उनीहरु प्रति सुराकी गर्न जरुरी नै नरहेको उहाँको भनाइ छ ।
मेयर श्रेष्ठले नेपाल कम्यूनिष्ट पार्टी बहुमतले लगाएको आरोप पार्टीका उच्च पदस्थ नेताहरुलाई प्रमाणित गरेर देखाउन चुनौति दिनुभएको छ उहाँले भन्नुभयो, ‘म पनि राजनीतिक गरेर आएकै व्यक्ति हुँ, उनीहरुले लगाएको कुनै एउटा आरोप सत्य सावित गरेर देखाउन उहाँहरुलाई मेरो चुनौति छ।’
मेयर श्रेष्ठमाथि प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै वेला सँगै आएका अर्को व्यक्तिले मेयर श्रेष्ठ माथी मोविल खन्याएका थिए। सो घटनापछि आज विहान नेकपा एमालेका कार्यकर्ताले नारावाजी गर्दै एक घण्टाभन्दा बढी पुर्व पश्चिम राजमार्गको गोलबजारमा सडक अवरुद्ध गरेका छन्। प्रहरीले बल प्रयोग गरी बाटो खुलाएको छ।
फरार रहेकाहरुलाई खोज तलास गरिरहेको जिल्ला प्रहरी कार्यालयका निमित पवक्ता प्रहरी निरिक्षक शंकर चौधरीले जानकारी दिनुभयो ।
-मुकेश कुमार यादब
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच