एनआरएनएद्वारा उपराष्ट्रपतिलाई ध्यानाकर्षण

Read Time = 3 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) प्रतिनिधिले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेट गरी नागरिकतालगायतका समस्याबारेमा छलफल गरेको छ । एनआरएनएका कार्यकारी अध्यक्ष रविना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधित्वको टोलीले एनआरएनएले लामो समयदेखि उठाउँदै आएको नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपालीको सम्पत्तिको सुरक्षा, नेपालमा सहजै लगानीको वातावरण निर्माणलगायत नेपाललाई समृद्ध बनाउन गर्ने सहकार्यलगायतका विषयमा उपराष्ट्रपतिसँग छलफल गरेको हो ।

कार्यकारी अध्यक्ष थापाले एनआरएनएले लामो समयदेखि नागरिकताको निरन्तरताका लागि आवाज उठाउँदै आए पनि टुंगो नलागेको भन्दै त्यसका लागि सकारात्मक पहल गरिदिन आग्रह गर्नुभयो । अध्यक्ष आचार्यले सम्पत्तिको सुरक्षासम्बन्धी कानुनलाई गैरआवासीय नेपालीमैत्री बनाउन र लगानीका लागि विद्यमान बाधा व्यवधान सुल्झाउन सकारात्मक पहल गरिदिन आग्रह गर्नुभयो ।

उपाध्यक्ष आरके शर्माले श्रमिकको योगदानलाई मुलुकले यथोचित सम्मान गर्न सक्नुपर्ने बताउनुभयो । एनआरएनए युवा संयोजक अब्दुल वासिदले एनआरएनए ऐनलगायत गैरआवासीय नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र त्यससम्बन्धी नियमावली तथा आदेशमा संशोधन गर्न र लगानी सम्बन्धमा विद्यमान न्यूनतम मापदण्ड हटाउन सहयोग गर्न आग्रह गर्नुभयो । एनआरएनए संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरू नेपाललाई छिट्टै समृद्ध बनाउने अभियानमा लागेको भन्दै उक्त अभियानमा सरकारसँगको सहकार्य र राज्यका सबै निकायको समर्थन आवश्यक रहेको बताउनुभयो ।

उपराष्ट्रपति यादवले गैरआवासीय नेपालीको लगानी विषयमा छिटो समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै विदेशमा आर्जन गरेको पुँजी र ज्ञान नेपालको प्राविधिक तथा व्यावसायिक ज्ञान, सीप विकासको क्षेत्रमा निर्धक्क भएर लगानी गर्न आहृवान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?