काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल-पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिनु भएको छ ।
उहाँलेदुवै मुलुकबीच पर्यटन प्रवद्र्धनको अधिक सम्भावना रहेपनि त्यसलाई सहज बनाउन हवाई उडानको व्यवस्था मिलाउनुपर्ने आवश्यक्ता औंल्याउनु भएको हो । शनिबार दुई मुलुकबीचको पर्यटन प्रवद्र्धन सम्बन्धि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले दुई मुलुकबीच पर्यटन प्रवद्र्धनका लागि आवश्यक योजनाहरु बनाउने र त्यसलाई कार्यान्वयनमा लैजान ध्यान दिनुपर्ने पनि बताउनुभयो ।
पूर्व परराष्ट्रमन्त्री पाण्डेले दुई मुलुकबीच बेलाबेला उच्चस्तरीय भ्रमण गराउन पनि पहल गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपालका लागि पाकिस्तानका राजदुत सईद हैदर साहले दुवै मुलुकबीचमा पर्यटन प्रवद्र्धनका लागि प्रकृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले नेपालको प्राकृतिक, साँस्कृतिक सम्पदाहरुको अवलोकन गर्न पाकिस्तानी नागरिकहरुले चाहना राखेको उल्लेख गर्दै त्यसको संरक्षणमा नेपाल सरकारले अझ बढि ध्यान दिने विश्वास व्यक्त गर्नु भयो ।
राजदुत साहले दुवै मुलुकको भूगोल पर्यटन प्रवद्र्धनका लागि उपयुक्त रहेको उल्लेख गर्दै दुवै मुलुकले आपसी छलफलको माध्यामबाट पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने स्पष्ट पार्नु भयो ।
राजदुत शाहले नेपालसँगको पाकिस्तानको सम्बन्ध सुमधुर रहिआएको उल्लेख गर्दै अझै प्रगाढ भएर जाने विश्वास समेत व्यक्त गर्नु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच