पिठोका लागि भागदौड मच्चिँदा पाकिस्तानमा ११ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

 

इस्लामावाद। पाकिस्तानमा निःशुल्क पिठो लिन गएका ११ स्थानीय व्यक्तिको मृत्यु भएको छ ।

मुस्लिमहरूको पवित्र महिना रमजानको अवसरमा पाकिस्तानको पञ्जाब प्रान्तमा निःशुल्क पिठो बितरण गरिएको थियो ।

पिठो लिने क्रममा भागदौड मच्चिदा यो दुःखद घटना भएको स्थानीय न्युज एजेन्सीले बताएका छन् । ज्यान गुमाउनेहरूमा दुई जना महिलासमेत रहेको बताइएको छ।

भागदौडको घटना पञ्जाब प्रान्तको चार वटा जिल्ला साहिवाल, बहाबलपुर, मुजफ्फरगढ र ओकारामा भएको थियो। यी सबै जिल्ला दक्षिण पञ्जाबमा पर्छ। घटनामा ६० घाइते भएको सरकारी तथ्यांकमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?