मिटरब्याजीहरुलाई कानून बनाएर नियन्त्रण गर्नुपर्छः राष्ट्रिय सभा सदस्य शर्मा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले मिटरब्याजीहरुलाई कानून बनाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले मिटरब्याजी पीडितहरु आन्दोलित भइरहेको उल्लेख गर्दै मिटरब्याजी पीडकहरुलाई कानून बनाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो । उहाँले पीडकहरुलाई प्रोत्साहित नगर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले नेपाल राष्ट्रिय पुस्तकालयको व्यवस्थापनमा ध्यान दिन सरकारलाई अनुरोध पनि गर्नुभयो ।

उहाँले भन्नुभयो - ‘यसलाई कानून बनाएर कानूनसम्मत् ढंगले त्यसलाई नियन्त्रण गर्नुपर्ने र यो प्रणाली यो प्रक्रियालाई अगाडी बढ्न नदिन, यसलाई प्रोत्साहित नगर्नका निमित्त नेपाल सरकारसँग विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । नेपाल राष्ट्रिय पुस्तकालयको हेरबिचार गर्नुपर्ने देखिन्छ । धमिरा लागेको छ । धुलोले नष्ट गरेको छ । त्यसको स्थायी रुपले व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । नयाँ उपकरणको व्यवस्थापन गर्नुपर्ने, कर्मचारीहरुको आपूर्ति गर्नुपर्ने, प्राविधिक कर्मचारीहरुको, भवन निर्माण गर्नुपर्ने र त्यसको संरक्षण गर्नुपर्ने, कागजी छ त्यसलाई हामीले डिजिटल प्रविधिद्वारा संरक्षण गर्नुपर्ने देखिन्छ । पुस्तकालयको व्यवस्थापन गर्न शिक्षा मन्त्रालय लाग्नुपर्छ । ३०० वर्ष अघिदेखिको सम्पतीलाई संरक्षण गर्नुपर्छ ।’

त्यस्तै उहाँले द्वन्द्वकालिन घटनाहरुको सम्बन्धमा संक्रमणकालिन न्यायको विधिबाट कानून बनाएर मात्रै समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो - ‘सात राजनीतिक दल र विपक्षी बिद्रोही माओवादीका बीचमा सहमति भयो । र सम्झौता कार्यान्वयन गर्ने कुरामा केही विवादहरु अहिले आएका छन् । सरकारमा जाने बेला त्यसलाई क्रान्तिकारी देख्ने, परिवर्तनकारी देख्ने, सरकारबाट बाहिर रहँदा आतंककारी देख्ने प्रवृत्तिका कारणले समस्या बल्झिराखेको छ । यसको हल गर्नुपर्छ । यसलाई संक्रमणकालिन न्यायको विधिबाट कानून निर्माण गरेर यो विधिबाट हल गरेर मात्रै देशलाई उँभो लाउन सक्छौँ ।’

उहाँले राजनीतिक दलहरु सरकारमा जाँदा तत्कालिन माओवादीले गरेको आन्दोलनलाई क्रान्तिकारी देख्ने र सरकारमा नहुँदा आतंककारी देख्ने प्रवृत्तिका कारण संक्रमणकालिन न्यायको विषय बल्झिराखेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?