सेयर बजार घट्यो

Read Time = 2 mins

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । नेप्से झण्डै १० अंक अर्थात् ९.६९ अंकले घटेर १८६०.९४ अंकमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि १.७२ अंक घटेर ३६५.४२ अंकमा झरेको छ । यस दिन दुई सय २१ कम्पनीका २५ लाख ७४ हजार सात सय ८५ कित्ता सेयर ८० करोड ३५ लाख २५ हजार पाँच सय ३३ रुपैयाँमा काराबोर भएको छ । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुईवटा बढेका छन् भने ११ वटा घटेका छन् । बैंकिङ र उत्पादन तथा प्रशोधनमात्र बढेका हुन् ।

आइतबार एभरेष्ट बैंकको सर्वाधिक आठ करोड ४७ लाख ५९ हजार रुपैयाँ बराबरका एक लाख ७६ हजार छ सय ५९ कित्ता सेयर कारोबार भएका छन् । गरिमा विकास बैंक चार करोड ८८ लाख, हिमालयन डिष्टिलरी तीन करोड ३२ लाख, शिवम् सिमेन्टस् दुई करोड ९९ लाख र रिडी पावरको दुई करोड ७८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । अभियान लघुवित्तको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

उक्त कम्पनीको सेयर ९.९९ प्रतिशत अर्थात् ६६.७० रुपैयाँ बढेर ७३४.३० रुपैयाँ पुगेको छ । त्यसैगरी स्टाण्डर्ड चार्टर्ड बैंक ७.२५ प्रतिशत, एभरेष्ट बैंक ५.१५ प्रतिशत, नेपाल एसबिआई बैंक ३.७७ प्रतिशत र रिलायन्स फाइनान्सको ३.२६ प्रतिशतले सेयरमूल्य बढेको छ । पिपुल्स पावरको सेयरमूल्य भने २८.४० रुपैयाँ घटेर २५५.७० रुपैयाँमा झरेको छ । त्यस्तै, सिटिजन्स बैंक सात प्रतिशत, आशा लघुवित्त ५.८६ प्रतिशत, मैलुङ खोला जलविद्युत् ५.७७ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्य ५.३५ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?