निवर्तमान उद्योगमन्त्री भण्डारीका उपलब्धि

Read Time = 2 mins

काठमाडौं । निवर्तमान उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफ्नो ६२ दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्नुभएको छ । माघ ३ देखि मन्त्रालयको कार्यभार सम्हाल्नुभएका भण्डारीले सो अवधिमा व्यापार घाटा न्यूनीकरण, पेट्रोलियम पदार्थ आपूर्ति, खाद्यान्न आपूर्ति सहजतालगायत काम गरेको दाबी गर्नुभएको छ । सुरुवातका राम्रा कामलाई निरन्तरता दिँदै सो अवधिमा एक दर्जनभन्दा बढी कार्य सुरु गरेको उहाँको भनाइ छ ।

पेट्रोलियम अन्वेषण कार्य अघि बढाइएकोमा मन्त्रिपरिषद्बाट समेत दैलेखमा ४५ रोपनी जग्गा प्राप्तिको निर्णय पारित भएको छ । पेट्रोलियम विधेयकको मस्यौदामा अर्थ मन्त्रालय र कानुन मन्त्रालयको सहमतिका साथ अघि बढाइएको, कञ्चनपुरस्थित दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाएको, रसुवाको टिमुरे सुक्खा बन्दरगाहका लागि पुनर्निर्माण सम्झौता भएको, धौवादी फलाम उद्योगलगायत अन्य तीनवटा सिमेन्ट उद्योगसम्म पुग्ने पहुँच मार्गका लागि नौ करोड ६७ लाख रकमान्तर गरी निकासा गरिएको, २० औद्योगिक ग्रामका लागि थप रकम निकासा गरिएको निवर्तमान मन्त्री भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी भारतबाट आयात हुने गहुँ र चिनीसम्बन्धी कार्य अघि बढाइएकोमा नेपालका २५ कम्पनीलाई १० हजार छ सय ३६ मेट्रिकटन चिनी आयातको पहल भएको, सार्वजनिक निकायमा प्रयोग हुने वस्तुमा स्वदेशी वस्तुको प्रयोग बढाउन निर्देशन जारी गरेको, गहुँको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको मन्त्री भण्डारीले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?