ऊर्जाका लागि थप लगानी स्रोतको खोजीमा जोड

Read Time = 4 mins

काठमाडौं । ऊर्जा क्षेत्र विकासका लागि लगानीका नयाँ स्रोतको खोजीमा विज्ञहरूले जोड दिएका छन् । अमेरिकी सहयोग नियोग (युएसएड) ऊर्जा नेपाल कार्यक्रमद्वारा मंगलबार काठमाडौंमा आयोजित नेपालको ऊर्जा क्षेत्रका लागि वित्तपोषण विषयक कार्यशालाका वक्ताहरूले नेपालको ऊर्जा क्षेत्रमा अहिले भइरहेका लगानीका स्रोतमात्र पर्याप्त नरहेकाले नयाँ स्रोतका लागि पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत् क्षेत्रमा उत्पादन, प्रसारण र वितरण तीनवटै क्षेत्रमा लगानी आवश्यक रहेकाले प्राधिकरणले पुँजी लगानी योजना बनाउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दीर्घकालीन योजनासहितको क्यापिटल इन्भेष्टमेन्ट प्लान तयार भइरहेको छ । यसले उत्पादन, प्रसारण, वितरणलगायतका क्षेत्रमा हामीलाई चाहिने लगानीको आवश्यकता कति हो भन्ने अध्ययन गरेको छ ।’ उत्पादनतर्फ माथिल्लो अरुण, दूधकोशी, अरुण-४, तामाकोशी-५, चैनपुर सेती, मोदीखोलालगायतमा लगानी जुटाउन चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

त्यस्तै, प्रसारण आयोजना र वितरण प्रणाली सुदृढीकरण, स्मार्ट मिटरिङ आयोजना र ग्रिन हाइड्रोजन कार्यक्रमका लागि पनि वित्तीय स्रोत आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपाल सन् २०२६ सम्ममा सुक्खायाममा पनि बिजुलीमा आत्मनिर्भर हुने उहाँको भनाइ छ । ‘हामी सन् २०२६-२०२७ सम्म बिजुलीमा आत्मनिर्भर हुन्छौँ । त्यो बेला नेपालले वर्षायाममा करिब १ खर्ब बराबरको १४ करोड युनिट बिजुली बिक्री गर्ने हाम्रो अनुमान छ,’ घिसिङले भन्नुभयो । काठमाडौं उपत्यकालगायत मुख्य शहरी क्षेत्रको वितरण प्रणाली सुदृढीकरणका लागि पनि लगानी आवश्यक रहेको उहाँले बताउनुभयो ।

युएसएडका ऊर्जा विशेषज्ञ शंकर खागीले नेपाल ऊर्जा क्षेत्रमा आत्मनिर्भर हुन थप लगानी आवश्यक रहेकाले लगानीको स्रोत खोजिनुपर्ने बताउनुभयो भने युएसएड ऊर्जा नेपाल कार्यक्रमका ऊर्जा तथा वित्तीय क्षेत्र विशेषज्ञ सतिश जोशीले नेपालको ऊर्जा क्षेत्रमा ठूलो लगानी आवश्यक रहे पनि त्यसका लागि स्रोत चुनौतीपूर्ण रहेको बताउनुभयो ।

जोशीले भन्नुभयो, ‘प्राधिकरणले अहिले मुख्य गरी तीनवटा क्षेत्रबाट लगानीको स्रोत जुटाइरहेकोमा त्यसबाहेक अरू क्षेत्रबाट पनि लगानी उठाउन सकिनेछ, प्राधिकरणले अहिले मुख्य गरी आफ्नो नाफाबाट, सरकारले गर्ने लगानी र ऋण लिएर लगानी गरिरहेको छ ।’ प्राधिकरणको सार्वजनिक निष्काशनमार्फत् सेयर जारी गर्ने, बैंक तथा वित्तीय संस्थाबाट इनर्जी बण्ड तथा ग्रिन जारी गर्ने र निजी क्षेत्र र ग्रिन ट्याक्सोनोमीको अवधारणाभित्र रहेर पनि लगानी जुटाउन सकिने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?