म्यानचेस्टर सिटी एफए कपको अन्तिम ८ मा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वारटफाइनलमा च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै सिटी अन्तिम ८ मा प्रवेश गरेको हो।

एस्टन गेट ब्रिस्टलमा मंगलबार राति भएको खेलमा फिल फोडेनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।

७४औं मिनेटमा फोडेनले जुलियन अल्भारेजको पासमा दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे भने त्यसपछि ८१औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?